समाज

देउखुरीमा अटो दुर्घटनामा परि शिशु सहित दुई प्यूठानीको ज्यान गयो

प्यूठान । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार लमही नगरपालिका–३ मजगाउँ चोकमा दुर्घटना भएको हो । प्युठानबाट लमही बजार आएर फर्किने क्रममा रहेको अटो लमहीबाट भालुवाङतर्फ जाँदै थियो । पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा अटो भालुवाङबाट लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बससँग ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् ।

घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button