समाज

बिजुवारमा बन्ने राममन्दिरलाई निर्माण व्यवसायी संघको एक लाख बढी सहयोग

प्यूठान । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं निर्माण व्यवसायी सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसको अवसरमा निर्माण व्यवसायी संघ प्यूठानले धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।

प्यूठानको बिजुवारमा जारी श्रीमद्भागवत महायज्ञको अवसर पारेर संघले राममन्दिर निर्माणका लागि निर्माण सामग्रीसहित एक लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो ।

निर्माण व्यवसायी क्षेत्रको नेतृत्वमा रहेर योगदान पुर्‍याएका स्वर्गीय गौचनको स्मृतिलाई सामाजिक तथा धार्मिक कार्यसँग जोड्ने उद्देश्यले मन्दिर निर्माणमा सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष नवीन कुमार श्रेष्ठले जनाकारी दिनुभयो ।

बिजुवारमा जारी श्रीमद्भागवत महायज्ञमार्फत राममन्दिर निर्माणको अभियान अघि बढिरहेका बेला निर्माण व्यवसायी संघले गरेको सहयोगको घोषणाले धार्मिक तथा सामाजिक संरचना निर्माणमा निजी क्षेत्रको सहभागितालाई समेत उजागर गरेको छ ।

Related Articles

Back to top button