> राष्ट्रिय > ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस प्यूठानमा मनाईयो


५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस प्यूठानमा मनाईयो

प्यूठान, दलित मुक्ति अभियान प्यूठानको आयोजनामा सोमवार जुम्रीमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ । कार्यक्रममा पञ्चेबाजा सहित जातीय विभेद विरुको नारा सहित र्याली निकालिएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समाज अझै छुवाछुत र विभेद व्याप्त रहेको बताउँदै यसलाई निर्मुल गर्न एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । नीति नियम र कानुन भएतापनी व्यवहारीक रुपमा परिवर्तन हुन नसकेको तितो यथार्थ स्वीकार गर्दै यसलाई निमूल गर्न कुनै एक जातीको मात्र मुद्दा नभई सबैको साझा समस्याको रुपमा लिएर समाधान गर्न तत्पर भएमा मात्र सार्थक हुने समेत औंल्याईको छ ।

नेपालको संविधान, २०७२ ले जातीय भेदभाव तथा छुवाछूतलाई सदाका लागि अन्त्य गर्न गरेको छ ।

प्रविन वि.क.को अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथी प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपती, विशेष अतिथी गौमुखी गाउँ पालिका उपाध्यक्ष तुलसा सुनार रहनु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव धु्रव गन्र्धवले गर्नुभएको थियो ।

दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने शहरमा सरकारले काला जातिहरूमाथि दमन गर्न रङ्गभेदी नीति लागु गरेको विरोधमा सन् १९६० मार्च २१ का दिन काला जातिहरूले सडक सघंर्ष गरेका थिए । सोही दिनको सम्झनामा प्रत्येक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाइने गरिन्छ ।


काला जातिहरुको उक्त सडक संघर्षमा प्रशासनले निर्ममतापूर्वक गोली चलाउँदा ६९ जनाको हत्या भएको र १८० जनाभन्दा बढी आन्दोलनकारीहरू अङ्गभङ्ग भई घाइते भएका थिए । मानव अधिकारको चरम उलङ्घन भएको उक्त घटना पश्चात् संयुक्त राष्ट्रसंघले सन् १९६६ सालमा सबै प्रकारका जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । जसलाई नेपालले सन् १९७१ मा सो अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *