प्युठान । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार प्युठान आउनुहुने भएको छ ।
नौबहिनि गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न ओली प्युठान आउन लाग्नु भएको हो ।
पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिलाई स्वागत गर्ने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बिजय बिराजबिष्टले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीको स्वागत र जिल्लामा हुने भनिएको कार्यक्रमको लागि पार्टीको आन्तरिक तयारी पूरा भएको नेकपा एमाले प्युठानका अध्यक्ष बिष्टले जानकारी दिनुभयो । अध्यक्ष बिष्टका अनुसार भोलि बिहान स्वर्गद्वारी मन्दिरको अवलोकन र मन्दिरमा दर्शन गर्ने, त्यसपछि ११ बजे प्युठान स्थित जुम्रीको आयुष्मा होटलमा प्युठानी जनता पार्टी अगुवा कार्यकर्ता संग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।
त्यस्तै दिउसो नौबहिनी गाउँपालिका-६,बाहानेमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रमको तय भएको नौबहिनी गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार भोलि दिउँसो नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीबाट उद्घाटन गर्ने नवनिर्मित प्रशासनिक भवनको सबै तयारी पूरा गरिएको छ ।
ओली २८ वर्ष पहिले नेकपा एमाले प्युठानको दोस्रो अधिबेशनको लागि प्युठान आउनुभएको थियो । त्यसपछि २८ वर्ष पछि असोज २८ गते प्युठान आउनुहुने भएको छ । उहाँ प्युठान आउने खबरले प्युठानी जनता उत्साहित भएका छन् ।
समुद्घाटन कार्यक्रममा ओलि सहित नेकपा एमाले पोलिटब्युरो सदस्य, प्रभाबशाली नेता एबम प्रतिनिधि शभा सदस्य सुर्य थापा, पोलिटीब्युरो सदस्य तथा नेकपा एमाले जिल्ला इन्चार्ज नरुलाल चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कर्णेल, लुम्बिनी प्रदेश सरकारका पूर्ब कृषि मन्त्री तथा प्युठान जिल्ला प्रदेशसभा सदस्य तुल्सीराम शर्मा लगायतको टोलि कार्यक्रममा सहभागी हुने बताइएको छ ।
