प्यूठान । सरुमारानी गाउँपालिका प्यूठानका पाँच हजार बढि बालबालिकाहरुको बाथ मुटुरोग परीक्षण गरिएको छ । डाक्टर सुमन्त बन्जाडे नेतृत्वको स्वास्थ्यकर्मी टोलीले पालिका भित्र रहेका विद्यालयहरुमा पुगेर बालबालिकाहरुको मुटु परीक्षण गरेको हो ।
बालबालिकाहरुको स्वास्थ्यमा हुन सक्ने समस्याको पहिचान गरी उपचारको दायरा भित्र ल्याउन अभियानको रुपमा मुटु परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । पालिका भित्रका सबै विद्यालयमा पुगेर ५ हजार १ सय बालबालिकाको बाथ मुटुरोग परीक्षण गर्दा १० जनामा समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।
समयमै समस्या पत्ता लगाइ उपचारमा ल्याउन सकेमा जोखिम दर कम गर्न सकिने उद्देश्यका साथ स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष विश्वकर्माको भनाई छ ।
