राष्ट्रियBanner

प्यूठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा

प्यूठान । प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको सरुवा भएपछि प्यूठान जिल्ला निमित्त प्रमुख जिल्ला अधिकारीको भरमा चलेको छ ।

गृह मन्त्रालयले असोज १४ गतेदेखि लागू हुने गरी प्रसाईंलाई सिराहा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरेपछि प्यूठान प्रमुख जिल्ला अधिकारीविहीन भएको हो ।

प्रमुख जिल्ला अधिकारीको सरुवा भए पनि गृह मन्त्रालयले प्यूठानमा तत्काल अर्को प्रमुख जिल्ला अधिकारीको व्यवस्था नगर्दा प्रशासन कार्यालयको नेतृत्व निमित्त प्रमुख जिल्ला अधिकारीले सम्हाल्दै आएका छन् ।

हाल प्रशासकीय अधिकृत महेश केसीले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालयबाट हुने नियमित प्रशासनिक तथा शान्ति–सुरक्षासम्बन्धी कामकारबाहीलाई निरन्तरता दिइरहनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी जिल्लाको समग्र शान्ति–सुरक्षा, प्रशासनिक समन्वय तथा विपद् व्यवस्थापनलगायत महत्वपूर्ण जिम्मेवारीमा रहने पद भएकाले लामो समयसम्म स्थायी प्रमुख जिल्ला अधिकारीको व्यवस्था नहुँदा प्रशासनिक नेतृत्वमा असर पर्न सक्ने देखिन्छ ।

गृह मन्त्रालयले प्यूठानका लागि नयाँ प्रमुख जिल्ला अधिकारीको ब्यबस्था गर्ने विषयमा भने हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन ।

Related Articles

Back to top button