राष्ट्रियसमाजस्थानीय सरकार

कित्ताकाटको समस्या समाधान गर्न माग

प्यूठान । जनतालाई कित्ताकाटको समस्याबाट उन्मुक्ति दिन नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले माग गरेको छ ।

 

आज मल्लरानी गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै भू उपयोग नियमावली अनुसार जग्गा वर्गिकरण नहुँदा पालिकाको सवै जग्गाहरुको कित्ताकाट रोकिएकोले जनताले आफ्नो जग्गा टुक्र्याएर विक्रि वितरण, अंशवण्डा, दानबकस आदि गर्नबाट बञ्चित भएको भन्दै उक्त समस्या समाधान गर्न माग गरेको हो ।

 


एसोशियसनले देशभरका स्थानीय तहमा उक्त ज्ञापन पत्र बुझाएको छ । जेठ २७ गते मन्त्रालयलये परिपत्र गरेपछि जग्गाको कित्ताकाट रोखिएको छ । भू उपयोग ऐन २०७६ अनुसार स्थानीय भूउपयोग परिषदको काम सम्वन्धित पालिकाको कार्यपालिकाले गर्ने उल्लेख छ ।

 

मन्त्रालयले आउँदो मंसिर २३ गतेभित्र जग्गाको वर्गीकरण गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

 

जिल्लाका सवै पालिकामा ज्ञापन पत्र बुझाउने जिल्ला अध्यक्ष बोधी प्रसाद पोख्रेलले  जानकारी दिनुभयो ।

Related Articles

Back to top button