> साहित्य सृजना > व्यांग्य : माल, माल वेहाल


व्यांग्य : माल, माल वेहाल

  • ध्रुब गिरी

अहिले बिश्व कोरोना भाइरसको महामारीमा लकडाउनमा छ । स्वास्थ्यकर्मी , विरामी र सुरक्षाकर्मीवाहेक सबै आ–आफ्ना घरकोठामा बसेका छन् । कसैले कोरोनाको औषधी पत्ता लगाउने उपाय सोँचेका होलान कसैले अरु के के आविश्कार गर्ने सोँचेका होलान मैले भने यसो बाहिर निस्केको नेपालमा कोरोनासंग सम्वन्धित प्रयोग र उपचारका सामग्री खरिद प्रकृया , यसमा देखिएको अनियमितता र माल किन्दा माल प्राप्त गर्ने अनि मालामाल बन्ने चाहना जिम्मेबार निकाय र व्यक्तिले गरेको हल्ला हो वा साच्चै हो राम जाने तर मैले बुझेको हावा नलाइ पात किमार्थ हल्लिन्न । त्यसैले मैले यो महत्वपूर्ण अनेकार्थी शब्दको वारेमा वलबुतोले भ्यायसम्म अध्ययन अनुसन्धान गरी छाड्ने निधो गरेँ । वास्तवमा माल शब्द आफैमा अपूर्ण हुदाहुदै पनि अनेकार्थका साथै बहुआयामिक प्रतिभा बोकेको अर्थबाहक शब्द रहेछ । विभिन्न उमेर समूहले प्रयोग गरिरहने यो शब्दलाई सबैले आआफ्नु ढंगले अर्थ्याएका पाइयो । जाति, पेशा, लिंग, उमेर, समय र परिस्थिति अनुसार यसको निस्फिक्रीरुपमा बढ्दो प्रयोगले नै यसको छुट्टै विशेषता र महत्व थाहा हुन्छ । यो शब्द त स्वतन्त्र सर्वब्यापी पो रहेछ । यसका पर्यायवाची शब्दहरुको खोजी गर्दा ठुलै महाकाव्य नै सिर्जना हुन बेर नलाग्ला भन्ने पो लाग्यो ।

यसको अर्थ पहिल्याउन एउटा अनुसन्धान नै गर्नुपर्ने भयो । यसै क्रममा ८०वर्षका एकजना गाउकै हजुरबुबाबाटै यसको उद्घाटन गरेँ । उहाँ बिहानै उठेर लौरो टेक्दै भन्नुहुन्थ्यो, “ए केटा, त्यो मेरो हुक्कामा ‘माल’ भरिदे त, तलतल लाग्यो, त्यो नतानी बिहान पेट नै सफा हुदैन”। थाहाभयो, यो ‘माल’ भन्नाले हजुरबाको कक्कड पो रहेछ ।

अर्को दिन नै फेरि यही शब्द ‘माल’ ले गर्दा टाउको दुखाइ भएको थियो । केही युवा साथीहरुको जमातसँग बाटोमा हिड्दै जादा उनीहरुले जुन वाक्य प्रयोग गरे, त्यसमा ‘माल’ शब्दलाई विशेष जोड दिएका थिए । एकजना युवा भनिरहेका थिए, “क्या च्वाक माल यार”। थाहा भयो केटीलाई पो माल भन्दा रहेछन् । अब भने हजुरबुबाको सुर्तीसँग यो ‘माल’को कुनै सामञ्जस्य थिएन, अनि टाउको दुखाइ हुँदैन त  !

त्यसैले माल शब्दले झुक्याउछ मालामाल हुन्छु भन्दा बेहाल पनि वनाइदिन भ्याउछ । त्यसैले धेरै मालका पछि नलागौँ । जय होस् ।

ब्यापारीहरुको मुखैमा पनि ‘माल’ शब्द नै झुन्डिएको हुदोरहेछ । “यो  लकडाउनको कारणले पसलमा माल नै छैन, सबै माल भन्सारमा रोकिएको छ, ड्यामेज माल परेछ” आदि आदि ।ल अब फेरियो ‘माल’ले लत्ताकपडा, सरसामान आदिलाई पो इंगित गर्न लाग्यो ।

दुव्र्यसनीको लतमा लागेका वा गाँजा खानेहरुको  मुखमा पनि ‘माल’लाई नाम बाचक बिशेष्य कै रुपमा प्रयोग गर्दा रहेछन् । उनीहरुले भनेको सुनेु, “चुरोटमा भएको सुर्ती निकालेर ‘माल’ भर ।” अब भने मलाई हजुरबुबाले सुर्तीलाई भनेको माल गलत भएको पुष्टि हुन बेर लागेन । मैले निक्र्यौल गरे  लागू औषध जस्तै गाँजा चरेसलाई पो ‘माल’भन्दा रहेछन् ।

बुढा र युवाहरुको विचार त बुझिसकेँ । अब सानातिना नानीबाबुहरुको विचार बुझ्ने निर्णय गरें । एउटा सानो ४ वर्ष जतिको बाबुलाई सोधेको थिएँ “बाबु, माल भनेको क्या हो ? तिमीलाई थाहा छ ? बाबुले त प्रश्न नै टुंग्याउनु अघि सबैको सामुन्ने कट्टु नै खोलेर देखाई दियो ।सायद उसलाई भनेका हँुदा हुन् “माल देखियो बाबुको, छोप”, “कुरीकुरी, भाइको माल बाहिर निस्कियो,“ र यस्तै यस्तै । ल अब सानाबाबुको बुझाइमा माल भनेको त सुसु गर्ने अंग पो रहेछ।‘माल’को सही अर्थ त अँझैसम्म पनि मैले बुझिरहेको थिइन तर मेरो मिलन भाइले चाहिं माल शब्दलाई जेजस्तो अर्थमा बुझेको थियो त्यसलाई अँझ एउटा वातावरणले झनै प्रष्ट्याई दियो ।

लक डाउनको सुरुका दिनको कुरा हो फुर्सद भएकाले  केही गाऊका मानिसहरु मिलेर तास खेलिरहेका थिए । भाइ मिलन पनि नजिकै बसेर केही खेलिरहेको थियो । विशेषगरी तासको मेरिज खेलमा जोकर पत्तीलाई ‘माल’ भनिदोरहेछ र यो मालको बिशेष महत्व पनि हुदोरहेछ । त्यहाँ कोही भनिरहेका थिए, “तेरो माल देखा, मेरो त माल नै छैन, उसको त माल गतिलै रहेछ, माल छोप, आ िद आदि।’’

मिलन भाइ खेल्न छोडेर ती अश्लिल शब्दहरु जस्तो लाग्ने वाक्यांश सुनिरहेको थियो, ऊ अवाक थियो । उसले के सोचिरहेको थियो त्यो त उसैलाई थाहा होला ।

त्यसैले माल शब्दले झुक्याउछ मालामाल हुन्छु भन्दा बेहाल पनि वनाइदिन भ्याउछ । त्यसैले धेरै मालका पछि नलागौँ । जय होस् ।

(लेखक प्रगतिशिल लेखक संघ राष्ट्रिय परिषद् सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *