सुरेशकुमार पाण्डे
अगाडी बड्न नदिनेहरु शड्यन्त्र जानेका हुन्छन,
जुनबेला अँघी बढ्न थाल्छौ खुट्टा तानेका हुन्छन।
यस्तै-यस्तैछ ईतिहाश पौरखीहरु छन भोकै नाङ्गै,
उनैको खुट्टा फलामकै जञ्जिरले बानेका हुन्छन।
समाजमा क्रान्ति होला नहोला तर आस्था जिउँदै,
गरिब लाई सोशकले सधै कम्जोर ठानेका हुन्छन।
दुनियाँ भरीमा जो-जति छन अन्न खाने मान्छे हरु,
सबैले मज्दुरहरुकै पसिनामा प्राण धानेका हुन्छन।
कसैले धर्मको नाउँमा कसैले जातिको नाउमा पनि,
राजनीतिक जालो फालेर मान्छेहरु छानेका हुन्छन।
केगरुँन बिचरा गरिब किसान खान र लगाउँन लाई,
आत्माले नमाने पनि धनीको निर्देश मानेका हुन्छन।
राखेर खोलाको ढुङ्गा बनाएर मन्दिर छल गर्छन ईनी,
बुजूर्वा बिचारले सोझा निर्धनहरुलाई हानेका हुन्छन।
