कमल बि.क.,
प्यूठान, २२ चैत्र ।
प्यूठान नगरपालिकाले वडा नम्बर ४ ले शनिवारदेखि श्रमिक वर्ग तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण शूरु गरेको छ ।
प्रति परिवार सदस्य चामल ५ किलोग्राम, १० वर्ष कम उमेर सदस्यलाई २ किलो ५०० ग्राम र प्रति परिवार दाल १ किलोग्राम, तेल १ लिटर, नुन १ किलोग्राम वितरण गरिएको वडा अध्यक्ष लक्ष्मी प्रकास राजभण्डारीले बताउनुभयो ।
तार्किचौरमा २६, ठुटेसिमलमा १५, भित्रिकोटमा ५ र थानकोटमा ३ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । साथै वडाका अन्य स्थानमा समेत राहत वितरण गरिने वडा सदस्य रेशम कार्कीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष, प्रहरी, वडा सचिव सुनिता पोख्रेल, कार्यपालिका सदस्य कमला नेपाली, वडा सदस्य भेष बहादुर राना, खिमा बि.क., रेशम कार्की लगायतको टोलीले राहत वितरण गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९)का कारण
नेपालमा लक डाउन भएको १२ औं दिनमा राहत वितरण गरिएको हो । लक डाउन भएपछि अत्यावश्यक सेवा बाहेक सवै क्षेत्र बन्दछन् । प्यूठान नगरपालिकाले १० वटै वडामा खाद्यान्न वितरण गर्दैछ ।
यो पनि पढ्नुहोस् :
यो पनि पढ्नुहोस् :
