> समाज > प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ


प्यूठानमा दुई जनामा आरडीटी पोजेटिभ

प्यूठान, २७ बैशाख । प्यूठानमा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उहाँले भन्नुभयो, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टी हुन्छ । उहाँका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् । उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!