> स्थानीय सरकार > मल्लरानीका २२४ परिवारलाई खाद्यान्न


मल्लरानीका २२४ परिवारलाई खाद्यान्न

प्यूठान, २२ चैत्र ।
मल्लरानी गाउँपालिकाले २२४ परिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । लक डाउनका कारण काम जान नपाएका दैनिक ज्यालादारी विपन्न श्रमिकहरुलाई आज खाद्यान्न उपलब्ध गराएको हो ।

दैनिक काम गरि जोहो चलाउने परिवारको चुल्होमा आगो निभ्न नदिन गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं. १ मा ३४, वडा नं. २ मा ३८, वडा नं. ३ मा ४३, वडा नं. ४ मा ५५ र वडा नं. ५ मा ५४ परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

४ जनासम्मको परिवारलाई ३० केजि चामल, २ केजि दाल, १ लिटर तेल, १ पोका नुन प्रदान गरिएको छ । त्यस्तै ४ जनाभन्दा बढिको परिवारलाई ४० केजि चामल, २.५ केजि दाल, १ लिटर तेल र १ पोका नुन उपलब्ध गराएको वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनुभयो ।

त्यस्तै २२४ परिवारलाई नै पोख्रेल स्टोर खलंगाका संचालक डोरप्रसाद पोख्रेलले १/१ वटा हातधुने सावुन उपलब्ध गराउनुभएको छ ।

राहत पाउने परिवारहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोला । 

यो पनि पढ्नुहोस् ।

मरन्ठानामा खाद्य सामाग्री वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *