प्यूठान, २७ बैशाख । सरुमारानी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा हालसम्म ३१ लाख १५ हजार छ सय उन्साठी रुपियाँ जम्मा भएको छ ।
गाउँपालिकाले कोषमा जम्मा भएको रकमको सार्वजनिक गरेको हो । कार्यपालिका बैठकबाट रकमान्तर गरि प्रकोप व्यवस्थापन कोष स्थापना गरिएको हो । जसमा १७ लाख एक हजार दुई सय ७० रुपियाँ रहेको छ । कोषमा प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० लाख रुपियाँ जम्मा भएको गाउँपालिकाले जनाएको छ ।
त्यसबाहेक विभिन्न संघ संस्थाबाट कोषमा रकम जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर घर्तिले जानकारी दिनुभयो । लकडाउनबाट अति प्रभावित मजदुर, घरबार विहिन र अति प्रभावित व्यक्ति तथा परिवारका लागि आवश्यक राहत सामाग्री वितरण, क्वारेन्टाइन शिविरहरु सञ्चालन तथा व्यवस्थापन र प्रकोप रोकथाम तथा रोग परीक्षण गर्ने प्रयोजनले कोष स्थापना गरिएको हो ।
