> समाज > मरन्ठानामा खाद्य सामाग्री वितरण


मरन्ठानामा खाद्य सामाग्री वितरण

रमेश गिरी
मरन्ठाना, २२ चैत्र ।
प्यूठान नगरपालिका–१० मरन्ठानामा काम गरेर गुजारा गर्ने मजदुर तथा अति विपन्न वडावासीहरूलाई आज खाद्य सामग्री वितरण गरिएको छ । ७५ परिवारलाई अतिआबश्यक खाद्य सामग्री वितरण गरिएको हो ।

परिवारको संख्याको आधारमा अधिकतम ३० केजी चामल, २ पाकेट तेल, २ केजी दाल र १ केजी नुन दिइएको हो । लक डाउनको समयमा समस्या परेका परिवारको चुलो बन्द हुन नदिन खाद्य सामाग्री सहयोग गरेको नगर प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो ।

राहात वितरणमा प्रमुख कक्षपती, जिल्ला समवन्य समितिका सदस्य रेश्मा गिरी, कार्यवाहक वडा अध्यक्ष पितम केसीको उपस्थिति रहेको थियो ।

७५ परिवारका २५८ जनालाई तत्कालका लागि राहत मिलेको कार्यवाहक वडा अध्यक्ष पितम केसीले बताउनुभयो । लक डाउनका कारण वडा अध्यक्ष पदम गिरी राजधानीमा रोकिनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!