> राष्ट्रिय > आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुट्यो झिमरुक गाउँपालिका


आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुट्यो झिमरुक गाउँपालिका

झिमरुक । झिमरुक गाउँपालिकाले असार मसान्तसम्म नजिकिँदै गर्दा शाखाबाट भैरहेका कामको समिक्षा र आगामी आर्थिक वर्षमा लिइने नीति तथा कार्यक्रमको बारेमा छलफल गरेको छ ।

 

आइतबार गाउँपालिकाको सभाहमा भएको रिपोर्टिङ सहितको बैठकमा हालसम्म भएगरेको कामको समिक्षा र बाकी रहेका कामहरु सम्पन्न गर्न शाखाले गर्नु पर्ने जिम्मेवारी दायित्व र भूमिकाको बिषयमा छलफल गरिएको थियो ।

कार्यालयले दैनिक गरेको कामको नियमित प्रगति बनाउदा भएगरेको कामको स्पष्ट तथ्यांक आउने भएकोले दैनिक काम,रिपोर्टिङ र प्रगतिलाई कर्मचारीले प्राथमिकता दिनुपर्ने रिजालको भनाइ छ ।

 

खासगरी आसार मसान्तसम्मको अन्तिममा शाखा र इकाईले सम्पादित योजना तथा कार्यक्रम सम्झौतामा उल्लेख भएबमोजिमको समयसीमा भित्र सम्पन्न गरि भुक्तानी लिन चालुतर्फ असार १० गते र पूंजीगत प्रकृतिका योजनाको असार १५ गते सम्म आवश्यक प्रक्रिया सहित कार्यालयमा फाइल पेश गर्नुपर्ने समय सिमा दिएको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताउनुभयो ।

विभिन्न शाखा तथा इकाईले आर्थिक वर्ष २०८०/०८१ को लागि सम्पादन गर्ने योजना तथा कार्यक्रमको नाम लक्षित समूह अपेक्षित उपलब्धि अनुमानित बजेट समेत खुल्ले गरि प्रस्तावित योजनाहरु २ दिन भित्र कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताउनुभयो । समय कम भएकोले पालिकामा भएका विभिन्न बिषयगत समितिको बैठक बसेर आगामी वर्षमा गरिने नीति तथा कार्यक्रम योजना बजेटको तयारीमा जुट्न जनप्रतिनिधि कर्मचारी आग्रह गर्नुभयो।

गाउँपालिकाको आर्थिक वर्षमा स्वीकृत योजनालाई सम्पन्न गर्न अब समय निकै कम भएकोले चनाखो भएर सबै जनप्रतिनिधि कर्मचारीहरु र उपभोक्ता समिती खटेर काम गर्नुपर्ने उहाँको जोड थियो ।

स्वीकृत आयोजना तथा कार्यक्रमको प्रतिफल निकाल्ने गरि काममा हामी सबै मिलेर लाग्नुपर्ने छ। उहाँले भन्नुभयो, “कर्मचारी,जनप्रतिनिधि र उपभोक्ता समितिले कछुवा गतिलाई खरायो गतिमा हिडाउन लागौं काम सम्पन्न गर्न सकिन्छ ।”

 

प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालको अध्यक्षतामा भएको कार्यक्रममा शाखा तथा इकाईका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *