> आर्थिक > प्यूठानमा कम्प्युटर सप्लायर्स र फेन्सी स्टोर्स सञ्चालनमा


प्यूठानमा कम्प्युटर सप्लायर्स र फेन्सी स्टोर्स सञ्चालनमा

प्यूठान, १ कार्तिक । प्यूठान नगरपालिका वडा नं ४ जुम्रीमा गुगल कम्प्युटर एण्ड सप्लायर्स सञ्चालन गरिएको छ । विगत ५ वर्षदेखी दाङको घोराहीमा सेवा दिदै आएको गुगल टेड्रसको शाखाको रुपमा प्यूठानमा गुगल कम्प्युटर एण्ड सप्लायर्स सञ्चालन गरिएको हो । शनिवार घटस्थापनाको अवसर पारि सप्लायर्सको उद्घाटन गरिएको छ।

सप्लायर्समा कम्प्युटर, ल्यापटप, सिसिटिभी, , टिभी, पोजेक्टर, डिएसएलआर क्यामेरा र लगाएत यसका पाटपुर्जाहरु लगाएतका विभिन्न विद्युतिय उपकरणहरु पाईने सञ्चालक युवराज पोख्रेलले बताउनुभयो । सामान बेच्नुभन्दा बढी ग्राहकलाइृ समयमै सर्भिस र सेवा दिनका लागि सप्लायर्स सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

प्यूठान संगै छिमेकी जिल्लाहरु रोल्पा, अर्घाखाँची, गुल्मीका सेवाग्राहीलाई लक्षित गरी सप्लायर्स सञ्चालनमा ल्याईएको जनाईएको छ । नजिकिँदै गरेको दशैलाई लक्षित गरी न्युन मुल्यमा सामाग्रीहरु पाउनुका साथै दाङ र वुटवलकै मुल्यमा सामाग्रीहरु समेत दिईने उहाँको भनाई छ ।

सरकारी कार्यालय र स्थानीय सरकारलाई लक्षित गरेर सेवा विस्तार गरिग्रीहरु एको जनाईएको छ। प्यूठानबाट सामालिनकै लागि घोराही पुग्नुहुन्थ्यो, पोख्रलले भन्नुभयो,–‘घोराही पुग्नुभन्दा प्यूठानबाटै सेवा दिने उदेश्यले शाखा बिस्तार गरेका हौँ । ’ सप्लायर्समा केही समयपछि मोबाईल लगाएत अन्य विद्युतिय उपकरणहरु सञ्चालनमा ल्याउने प्यूठान शाखाका सञ्चालक नारायण वलीले बताउनुभयो ।

पोख्रेल फेन्सी स्टोर्स सञ्चालन
घटस्थापनाकै अवसर पारेर प्यूठान नगरपालिका ४ जुम्रीबजारमा पोख्रेल फेन्सी स्टोर्स सञ्चालनमा ल्याईएको छ ।

विराटनगर महानगरपालिका स्थित मोरङका रुद्र पोख्रेलले फेन्सी स्टोर्स सञ्चालनमा ल्याउनुभएको हो । स्टोर्समा लेडिज, जेन्स र बच्चाको लागि कपडा र जुत्ता चप्पल पाईने सञ्चालक पोख्रेलले बताउनुभयो । करिब ११ लाख रुपियाँ लगानीमा स्टोर्स सञ्चालन गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *