> आर्थिक > गार्मेन्ट व्यवसाय संचालन


गार्मेन्ट व्यवसाय संचालन

कृष्णराज पाण्डेय/प्युसस
प्युठान, २ फागुन ।
नमुना सिलाई कटाइ सेन्टर शुरु गरेका महिला उद्यमी व्यवसायबाट सफल हुदै यति वेला गार्मेन्ट व्यवसाय भएका छन । महिलाहरुले पनि सफल उद्यमी वन्न सक्ने गतिलो उदाहरण बनेका छन । करिव ४० लाख लगानी भएको गार्मेन्ट उद्योगमा विद्यालयहरुका ड्रेस टिर्सट ट्याकसुट टाइ वेल्ट जुत्ताहरु पाइने भएको उद्यागेका संचालक भुमा पौडेलले बताउनुभयो ।
नमुना सिलाई तथा गार्मेन्ट उद्योग घोराही उपमहानगरपालिका १५ तुल्सिपुरचोकमा रहेको छ । उद्धघाटनको अवसरमा सिमलतार आधारभुत विद्यालय घोराही अभिभावक विहिन तथा आर्थिक विपन्नता भएका ५ जना बालबालिकाहरुकालाई विद्यालय पोषाक वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *