> समाज > लघु वित्त संस्थाद्धारा उद्यमी महिला कृषकलाई अनुदान


लघु वित्त संस्थाद्धारा उद्यमी महिला कृषकलाई अनुदान

झइन्द्र भण्डारी
प्यूठान, २५ असोज । महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड नेपालले रोल्पा तथा प्यूठानका उद्यमी महिला कृषकहरूलाई बोयर बोका र आधुनिक कृषि औजार अनुदान स्वरूप प्रदान गरेको छ ।

संस्थाले उद्यम विकास कार्यक्रमद्वारा प्रदान गरिएका साना तथा मझौला सदस्यहरूलाई संस्थागत ग्राहक संरक्षण कोषबाट व्यवसाय प्रवद्र्धन गर्न भिंगृमा एक कार्यक्रमका वीच अनुदान वितरण गरेको हो ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका, माण्डबी गाउँपालिका र रोल्पाको सुनिल स्मृति गाउँपालिकाका २२ जना कृषक सदस्यहरूलाई करिब ५ लाख बराबरको अनुदान वितरण गरेको भिंगृ शाखाका प्रबन्धक राजन परियारले जानकारी दिनुभयो ।

संस्थाका नायब कार्यकारी अधिकृत शारदा शर्माको अध्यक्षता, स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख गोमा रेग्मीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कृषि र पशुपालन क्षेत्रमा संस्थाले गरेको सहयोगका लागि स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख गोमा रेग्मीले धन्यवाद व्यक्त गर्नुभयो ।
अनुदान वितरण कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरामणी भण्डारी र वडा नं. ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराई (पदम)ले समेत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *