> आर्थिक > सहकारीले मुल्य मान्यता पालना गरे जोखिम कम हुन्छ : अध्यक्ष नेपाल


सहकारीले मुल्य मान्यता पालना गरे जोखिम कम हुन्छ : अध्यक्ष नेपाल

कमल बि.क.

प्यूठान । लुम्बिनी प्रदेश बचत तथा ऋण सहाकारी संघ लि.का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कृष्ण नेपालले सहकारीहरुले आफ्नो मूल्य मान्यतालाई पूर्ण रुपमा पालना गरी क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताउनु भएको छ ।

आइतवार जुम्रीमा सम्पन्न बचत तथा ऋण सहकारी जिल्ला संघ लिमिटेड प्यूठानको ११ औं बार्षिक साधारण सभाको अवसरमा नेपालले मुल्य मान्यता अनुसार सञ्चालन गरेमा सम्भावित जोखिमबाट बँच्न सकिने बताउँदै संस्थाहरुलाई तालिम आवश्यक भएमा आफु सकारात्मक भुमिका खेल्ने समेत बताउनु भए्रको छ ।

कार्यक्रमका अतिथी तथा बक्ताले सहकारीको सिद्धान्त पालना गर्नु पर्ने, शेयर सदस्य तथा सञ्चालकहरु नीति नियममा चनाखो भएर व्यवस्थित रुपमा लाग्नु पर्ने, सहकारीको अनुगमन तथा निरिक्षण गर्नु पर्ने, सहकारीमा पारदर्शीता जवाफदेहीता हुनुपर्ने, नाफा मुखी मात्र नभई सदस्य सेवामुखी पनि हुनुपर्ने बताउनु भए्रको छ ।

कार्यक्रममा व्यवस्थित रुपमा सहकारी सञ्चालन स्वरुप विजय फूलावारी बचत तथा ऋण सहकारी संस्था लि. जुम्री प्यूठान र जुम्री बाहाँजोरी बचत तथा ऋण सहकारी संस्था लि. टारीलाई सम्मान गरेको गरिएको छ भने उत्कृष्टको रुपमा व्यवस्थापक मुना श्रेष्ठ कालिका बचत तथा ऋण सहकारी संस्था लि. विजुवारलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सचिव बलभद्र के.सी.ले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको छ । संघको आर्थिक वर्ष ०७९/०८० मा कुल पुँजी ३२ लाख ७३ हजार १ सय ९६ रुपैयाँ २० पैसा रहेको छ । कुल शेयर ५४ हजार ५ सय र बचत २७ लाख ६१ हजार ५ सय ६० रहेको छ । संघमा हाल ३१ संस्था सदस्य रहेका छन् । संघले नेपाल बचत तथा ऋण केन्द्रिय सहाकरी संघ लि. (नेफस्कुन)को सहकार्यमा नगरपालिका भित्रका सबै प्रकृतिका सहकारीहरुको क्षमता अभिवृद्धिलाई मध्यनजर गर्दै आधारशिला कार्यक्रमको अभिमुखिकरण सञ्चालन गरेको छ साथै सहकारीलाई आवश्यक पर्ने स्टेशनरी संघमा आवद्ध संस्थालाई २५ प्रतिशत छुटमा उपलब्ध गराएको छ ।
संघले ०८०/०८१ को प्रस्तावि कार्यक्रममा सदस्य संस्थालाई तरलता सहज र ऋण लगानी गर्न तत्पर रहने, २ करोड पुँजी भएका संस्थालाई अनिवार्य जोखिममा आधारित पुरिवेक्षण कार्यक्रम (curbs) सञ्चालन गर्ने, सफ्टवेयर जडानमा सहजिरकण गर्ने, क्षमता विकास तालिम सञ्चालन गर्ने, कम्तिमा १५ संस्थालाई आवद्ध गर्ने, सहकारी अनुगमन निरिक्षण गर्ने लगायतका कार्यक्रम राखेको छ ।

संघका कोषाध्यक्ष निरज सुवेदीले संघले आर्थिक वर्ष ०७९/०८० मा खुद १३ हजार ८ सय ४ बचत गरेको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । आगमी आर्थिक वर्ष ०८०/०८१ मा आम्दानी ७ लाख १६ हजार र खर्च ५ लाख ७ सय गरी २ लाख १५ हजार ३ सय खुद बचत गर्ने प्रताव गरेको छ । बासलात ४१ लाख ५८ हजार पुर्याउने लक्ष्य राखेको छ ।

बचत तथा ऋण सहकारी जिल्ला संघ लि. प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश बचत तथा ऋण सहाकारी संघ लि.का अध्यक्ष कृष्ण नेपाल, विशेष अथिती महासचिव ऋषिराम सापकोटा, जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोखरेल, बचत संघ प्यूठानका संस्थापक अध्यक्ष लोक बहादुर बस्नेत, साइन रेसुङ्गा डेभलपमेन्ट विजुवारका प्रबन्धक योगेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष माया गिरीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण सञ्चालक केशव राज भण्डारीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *