> आर्थिक > डायलासिस सेवाका लागि उद्योग बाणिज्य संघद्धारा १ लाख सहयोग


डायलासिस सेवाका लागि उद्योग बाणिज्य संघद्धारा १ लाख सहयोग

प्यूठान । जिल्लामा मृगौलाको डायलासिस सेवा संचालनका लागि प्यूठान उद्योग बाणिज्य संघले १ लाख रुपैंया सहयोग उपलब्ध गराएको छ । लायन्स क्लव अफ प्यूठानको अगुवाईमा प्यूठान अस्पताल विजुवारमा डायलासिस सेवा संचालनको तयारी भैरहेको छ ।

 

सेवा संचालनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरेको संघका अध्यक्ष पशुपति नारायण नकर्मीले बताउनुभयो । शनिवार स्वर्गद्धारीमा भएको लायन्स इन्टरनेश्नल नेपालको तेश्रो क्याविनेट बैठकको अवसरमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

 

क्लवले डायलासिस मेसिन खरिद गरि सञ्चालनका लागि प्यूठान अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरेको लायन नविन कुमार श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *