राष्ट्रियराजनीति

कांग्रेस महाधिवेशनका लागि प्यूठानबाट प्रतिनिधि चयन, कसको मत कति ?

प्यूठान । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधि छनौटका लागि प्यूठानमा खुला तर्फ भएको निर्वाचनबाट १० जना र सभावेशी तर्फ ६ जना निर्वाचित भएका छन् ।

निर्वाचिन हुनेहरुमा प्रा.डा. गोविन्दराज पोख्रेल (९५०), शिवराज रिजाल (९०९), अमर प्रसाद भण्डारी (९०५), विष्णु कुमार गिरी (८५१), नरेन्द्र पुन मगर (एनपी) (७३०), टोपाराम कालाथोकी (६४८), टेकप्रसाद भण्डारी (६१४), सुवास केसी (५९१), धरमबहादुर जिसी (५४९), नारायण ज्ञवाली (४७५) रहेका छन् ।

खुला तर्फ चुनावी प्रतिपष्र्धामा भाग लिएका कमल राज रिजालले ४३५, रामचन्द्र पौडेलले ३५४, माधव प्रसाद भण्डारीले ३५०, ऋषिकेश पौडेलले ३३२, मानबहादुर केसीले २८२, महादेव जिसील १३८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै समावेशी खस आर्य तर्फ धनेश्वर भण्डारी (५२०) र सुवास केसी (३६८), आदिवासी जनजाति तर्फ सनत श्रेष्ठ (५१३) र चन्द्रबहादुर घर्ति मगर (४९४), युवा तर्फ कल्याण विक्रम केसी (५९९) र कुमार आचार्य (५४२) विजयी हुनुभएको छ ।

Related Articles

Back to top button