झइन्द्र भण्डारी
प्यूठान, २६ भाद्र । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ्गकी अस्मिता नेपालीलाई उपचारका लागि चितवन लगिएको छ ।
स्वास्थ्य सम्वन्धि समस्याबाट ग्रसित नेपालीलाई उपचारको लागि क्यान्सर अस्पताल चितवन लगिएको पारिवारीक स्रोतले जनाएको छ ।
सुस्त मनस्थिती भएकी अस्मितालाई उपचारका लागी आर्थिक अभाव भन्ने समाचार प्रकाशित भएपछि विभिन्न निकायबाट उपचारका लागि सहयोग प्राप्त भएको छ ।
आमा रेखा सार्की र छिमेकी निशा बैजाली मगरले उपचारका लागि अस्मितालाई चितवन लैजानुभएको हो । हाल संकलन भएको करीव ६० हजार नगद सहित उपचारका लागि लगिएको छ ।
(प्रोभिजिनल डाइगोनिस)को समस्या भएको चिकित्सले बताएका छन् । चितवनसम्म लैजानका लागि यातायात (एम्बुलेन्स)को सहजीकरण स्वर्गद्वारी नगरपालिकाले गरिदिएको छ ।
