प्यूठान । माण्डवी गाउँपालिका-२ मर्कावाङ रातापानी गाउँ कुनै समय टमाटर गाउँले चिनिन्थ्यो । पछिल्लो समय यहाँ टमाटर खेती हराउँदै गएको छ ।
बढ्दो बसाइँसराइ, सिंचाईको अभाव, तराईका उत्पादनसँग बजारमा प्रतिष्पर्धा गर्न नसक्दा यहाँका किसानले टमाटर खेती गर्न छोडेको स्थानीय केशरा अधिकारीले बताउनुभयो ।
टमाटरबाट जिबिकोपार्जन गर्दै आएका यहाँका किसान बसाइँसराइ गरि दाङ जाने र रोजगारीका लागि बिदेशिने क्रम बढेको छ । दर्जन बढी घरहरुमा ताला लागेको छ ।
उत्पादन बढाउनका लागि बिषादी प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पारेको किसानहरुको बुझाई छ । बिषादी प्रयोग बारे प्रयाप्त जानकारी नहुँदा क्यान्सर सम्मको रोगबाट पीडित बन्नु परेको उनीहरुको भनाई छ ।
यहाको माटो सुहाउँदो कृषि बाली बारे सरकारी निकायबाट अध्ययन गरि बाझो रहेका खेतबारीमा फेरि खेती शुरु गर्नुपर्ने किसान समेत रहेका स्थानीय मन बहादुर राउतले बताउनुभयो ।
