> सम-सामायिक > एक हजार क्वारेन्टाइनमा, दुई सयको परीक्षण


एक हजार क्वारेन्टाइनमा, दुई सयको परीक्षण

प्यूठान, २० बैशाख ।

जिल्लाका विभिन्न स्थानीय तहले बनाएका क्वारेन्टाइनमा एक हजार ३९ जना व्यक्ति रहेका छन् । नौ वटा स्थानीय तहमा बनाइएको क्वारेन्टाइनमा सम्भावित जोखिम कम गर्न जिल्ला बाहिरबाट आएका व्यक्तिलाई राखिएको हो ।

८९ वटा क्वारेन्टाइनमा एक हजार दुई सय ९५ बेड रहेका छन् । हालसम्म स्वास्थ्य कार्यालय प्यूठानले आरडीटी माध्यमबाट दुई सय १० जनाको कोरोना परीक्षण गरिसकेको छ । त्यसैगरी पीसीआर माध्यमबाट २४ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । दुई जनाको पीसीआर नतिजा आउन बाँकी रहेको छ ।

प्रदेश सरकारले आरडीटी किट तीन सय २० वटा पठाएकोमा दुई सय १० प्रयोग भइसकेको छ । एक सय १० किट बाँकी रहेका छन् । १४ दिन क्वारेन्टाइन बसका व्यक्तिलाई आरडीटी जाँच गरेपछि घर पठाउने गरिएको छ । घरमा समेत उनीहरु एक हप्ता सुरक्षित रुपमा बस्नुपर्ने प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!