प्यूठान । झिमरुक गाउँपालिका प्यूठानमा नयाँ विद्यार्थी भर्ना बैशाख २ गतेदेखि हुने भएको छ । कक्षा संचालन बैशाख १० गतेदेखि हुने गाउँपालिकाले जनाएको छ ।
शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना तथा कक्षा संचालनका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई गाउँपालिकाले अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताउनुभयो ।
विद्यार्थी भर्ना तथा कक्षा संचालन बारे सार्बजनिक सूचना जारी गर्दै गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई अनुरोध समेत गरेको छ ।

