> स्थानीय सरकार > नयाँ वर्ष मनाउन पिकनिक स्पटको रोजाईमा ऐरावती पिकनिक पार्क


नयाँ वर्ष मनाउन पिकनिक स्पटको रोजाईमा ऐरावती पिकनिक पार्क

प्यूठान । यस वर्षको नयाँ वर्ष मनाउनेहरुको उत्कृष्ट रोजाईमा ऐरावती पिकनिक पार्क परेको छ । नयाँ वर्षको अवसर पारेर विभिन्न स्थानबाट यहाँ पिकनिक जानेहरुको भिड लागेको हो ।

 

प्यूठानको ऐरावती गाउँपालिका-५ पकला टाकुरा स्थित ऐरावती पिकनिक पार्क पछिल्लो समय पिकनिक जानेहरुको लागि मुख्य रोजाइको स्थल बन्दै गएको छ ।

गाउँपालिकाले यहाँ पुर्वाधार निर्माण गरेपछि पिकनिक स्पटको रुपमा बिकास हुँदै गएको हो । यहाँ प्रबेशद्वार, गेट, ट्रस्ट, कोठाहरु, शौचालय, खानेपानी लगायतको सुबिधा गाउँपालिकाले निर्माण गरेको अध्यक्ष नबिल बिक्रम शाहले बताउनुभयो ।

 

प्यूठान-भालुवाङ सडकको चेरनेटाबाट १६ किलोमिटर १ सय मिटर पक्की सडकको यात्रामा यहाँ पुग्न सकिन्छ । नयाँ वर्ष २०८३ को अवसरमा पालिकाका पर्यटकीय स्थलहरुको प्रबर्द्धनका लागि टि-सर्ट बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।