> राष्ट्रिय > स्वर्गद्धारी नगरपालिकामा अनिश्चितकालका लागि विद्यालय बन्द


स्वर्गद्धारी नगरपालिकामा अनिश्चितकालका लागि विद्यालय बन्द

प्यूठान, ८ बैशाख । स्वर्गद्धारी नगरपालिकाले कोभिड संक्रमणको दोश्रो लहर बढिरहेको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि विषयगत क्षेत्रहरु छुट्याई संचालनमा रोक लगाएको छ ।

बुधबार बसेको स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अर्काे सूचना नभएसम्मका लागि सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

 

पालिका भित्रका बैंक तथा वित्तिय संस्था, व्यापारिक पसलहरु, होटल लगायत सर्वसाधारण जमघट हुने स्थानहरु एक साताका लागि बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बमबहादुर के.सी.ले बताउनुभयो ।

भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रबाट एन्टीजिन परीक्षण गर्दा अत्याधिक पोजेटिम देखिएकोले स्वास्थ्य संस्था निःसंक्रमण गर्न अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरु बैशाख ९ र १० गते दुई दिन बन्द हुने भएका छन् ।

तरकारी, फलपूmल, दुधजन्य पसल तथा अत्यावश्यक सेवा प्रवाहका क्षेत्रहरु तोकीएको मापदण्ड पुरा गरी संचालनमा हुनेछन् ।

 

नगरपालिकाको वडा नं. ४ जिमुरपाटामा स्थापना भएको कोभिड अस्थायी अस्पताललाई पुर्वाधार तयार गरी संचालनका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंगृका मेडिकल अधिकृत डाक्टर शैलेश पौडेलेको नेतृत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।

वडा सिएमसी, नागरिक समाजहरु, लगायत जिम्मेवार निकायहरुलाई सचेतनामुलक अभियानमा सहयोग गर्न नगरपालिकाले सूचना जारी गरी अनुरोध समेत गरेको छ ।

नगरपालिकाले अत्यन्त जरुरी काम बाहेक घर बाहिर ननिस्कन, अन्य व्यक्तिको सम्पर्कमा जाँदा मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दुरुी कायम गर्न, सावुनपानीले वा स्यानीटाईजरले नियमित हात धुन, संक्रमणको संकास्पद भएमा अनिवार्य १० दिन होम क्वारेन्टाईनमा बस्न अनुरोध गरेको छ ।

त्यस्तै संघीय, प्रदेश र स्थानीय सरकारले निर्देशिन गरेका विधिहरुको अनिवार्य पालना गर्न, मंयमित र धैर्यताका साथ मनोवल उच्च राख्न, जिम्मेवार बनी बच्न र बचाउन, नियन्त्रण, रोकथाम र उपचारमा सक्रिय रहन स्वर्गद्धारी नगरपालिकाले आग्रह समेत गरेको छ ।

आज प्राथमिक स्वास्थ केन्द्र भिंग्रीमा शंकास्पद १३ जनामा परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले नगरपालिका भित्र ३६ जना सक्रिय कोरोना संक्रमित छन् ।  स्वर्गद्धारीमा पछिल्लो समय कोरोना संक्रमित २ जनाको व्यक्तिको मृत्यु भएको छ ।


यसैबीच, प्यूठान नगरपालिकाले पूर्वनिधार्रित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

बुधबार बसेको नगरपालिका स्तरीय कोभिड संकट व्यस्थापन केन्द्रको बैठकले संक्रमण पुष्टि भएका विद्यालय नजिकका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको निगरानीका लागि वडाका टोलहरुमा समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *