प्यूठान, २६ भाद्र । प्यूठानमा शुक्रवार थप १३ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा प्यूठानका १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कार्यालयको अनुसार सरुमारानी गाउँपालिकामा ७ जना, झिमरुक गाउँपालिकामा १ जना र प्यूठान नगरपालिकामा ५ जना रहेका छन् ।
सरुमारानी गाउँपालिकामा थप भएका ७ जना संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजन टेकेन्द्र रायमाझिले बताउनुभयो ।
यस्तै झिमरुक गाउँपालिकामा थप भएका १ जना विदेशबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक विकास के.सीले बताउनुभयो ।
प्यूठान नगरपालिकामा ५ जना मध्ये २ जना नगरपालिकाले निमार्ण गरेको आइसोलेसनमा रहेको, २ जना बुटवलबाट उपचार गरि फर्किएका कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरिएका २ जना, १ जना प्यूठान नगरपालिकाबाट स्वाव संकलन गरेको तर मल्लरानी गाउँपालिकाको रहेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले बताउनुभयो ।
यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४७३ पुगेको छ जसमध्ये ४४७ जना निको भईसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।
