झइन्द्र भण्डारी
प्यूठान, २३ भाद्र । सुस्त मनस्थिती भएकी किशोरीलाई उपचारको अभाव भएको छ । स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङ्गकी १७ बर्षिय अस्मिता नेपालीको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको हो ।
अस्मितालाई पेट दुख्न थालेपछि साउन १८ गते जुडापाटामा रहेको क्लिलनिकमा लैजादा उपचार हुन नसक्ने र क्यान्सर अस्पतालमा लैजान सल्लाह दिएर फर्काएको आमा रेखा नेपालीले जानकारी दिनुभएको छ ।
पेटमा मासु पलाएको (प्रोभिजिनल डाइगोनिस) भन्दै यसको पूर्ण पहिचान तथा उपचारको लागि बाहिर क्यान्सर अस्पताल लैजान सल्लाहसहित रिफर भएको एक महिना बितेको छ ।
घरको आर्थिक अवस्था निकै नाजुक भएको ले उपचाचरको लागि लैजान नसकेको बिरामी छोरीलाई घरमै राखेको परिवारले जानकारी दिएको छ ।अस्मिताको बुवा भारतमा मजदुरी गर्दै आएको र लकडाउनको कारण काम रोकिएकोले झन समस्या भएको आमा रेखाले जानकारी दिनुभएको छ ।
अहिले अस्मिताको पेट फुलिएर ठूलो भइसकेको छ । हात खुट्टा सुकेका छन । कुनै पनि खाने कुरा खान बन्दैन जुस र पानीको भरमा बाचेकी छन भने आमा रेखाले सहयोगको लागि आग्रह गर्नु भएको छ ।
