> राष्ट्रिय > उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम हुने


उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम हुने

प्यूठान, २६ भाद्र । राष्ट्रिय युवा परिषद् , संघीय युवा सञ्जाल प्रदेश युवा सञ्जाल प्रदेश नं ५ को आयोजनामा उद्यमशीलता विकासका लागि प्रदेश र स्थानीय तहको भुमिका विषयक संवाद कार्यक्रम हुने भएको छ ।

भाद्र २८ दिउसो २ वजेदेखि युवा परिषद कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, प्रदेश नं ५ सरकारका माननीय सामाजिक विकास मन्त्री सुदर्शन वराल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर लगायतको उपस्थितिमा अनलाइन भर्चुअलको माध्यमबाट उक्त कार्यक्रम सञ्चालन हुन लागेकोे राष्ट्रिय युवा परिषद् संघीय युवा सञ्जाल प्रदेश नं ५ का सचिव सरोज खनालले जानकारी दिनुभयो ।

प्रदेशबाट यो आर्थिक वर्षको युवा क्षेत्रमा बजेट विनियोजन र कार्यक्रमहरुको बारेमा छलफल गर्ने उदेश्यले उक्त कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा परिषद् संघिय युवा सञ्जाल प्रदेश नं ५ का इन्चार्ज साहिल अन्सारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *