सुरेश कुमार पाण्डे
राम्रो काम गर्ने त देशमा पागल जस्तै भए,
संसारका लागिनै कालो बादल जस्तै भए ।
समाज झुठ वैमान र भ्रष्टचारीले भरीभराउ,
जता ततै अत्याचारीहरुनै अटल जस्तै भए ।
देशको झण्डा पोलिन्छ संविधान पोलिन्छ,
उन्कै पक्षपोषणमा ठुलो दलबल जस्तै भए ।
जस्ले देशकै हितमा काम गर्छ त्यो देशभक्त,
उनै सरकारको तर्फबाट बे-दखल जस्तै भए ।
देशलाई जोड्न हैन लड्छन टुक्रा टुक्रा पार्न,
आज धेरै राजधानी नै ठुलो कल जस्तै भए ।
हामिले शुरक्षाकै लागि जिताएर संसद पुरायौँ,
देशलाई जोगाउँन ईनै पनि बिफल जस्तै भए ।
मुटु दुखःछ मष्तिकमा अनेक बिचार सेते को,
देशभरीका जनता खेलौना हरपल जस्तै भए ।
