> आर्थिक > अपांग सदस्यलाई बैवाहिक वर्षगाँठमा सहयोग


अपांग सदस्यलाई बैवाहिक वर्षगाँठमा सहयोग

तुलसिपुर, २१ बैशाख ।
निजि क्षेत्रको एक मात्र ब्यबसायिक सस्था तुलसिपुर उधोग बाणिज्य सघंले आफ्नो अपागं सदस्यलाई राहत प्रदान गरेको छ । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १९ मा घर भई घोराहिरोडमा रहेको समिर फेन्सि पसलका सन्चालक गिता बुढालाई उहाको घरमै पुगेर नगद २५ हजार सहयोग गरेको हो ।

क्यान्सर भएपछि उहाको दाया खुट्टा काटिएको हुदा हाल बुढा घरमै बस्न बाध्य हुनुभएको छ । बुढा दम्पत्तिको आजै परेको बैबाहिक बर्षगाठको अबसर पारेर तुलसिपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरु रावतको नेतृत्वमा केक सहितको टोलि  घर आएको देख्दा बुढा दम्पत्ति मात्रै हैन परिवारमा समेत केहिछिन खुसिको अनुभुति देखिएको थियो ।

बुढा दम्पत्ति तुलसिपुर उधोग बाणिज्य सघंको दुबै जना सदस्य हुनु हुन्छ हामिले यस्तो बेला सानो सहयोग गर्न पाउदा अभिभाबकत्व बहन गरेको जस्तो अनुभब भएको छ अध्यक्ष रावतले भन्नुभयो । बिबिध कारणले हामिहरु घर सम्म आउन केहि ढिलाभयो तर सस्थागत र
ब्यक्तिगतरुपमा थप सहयोग गर्न पनि हामि तयार छौ उहाले भन्नुभयो ।

लकडाउनका कारण बुढा परिवार जस्तै धेरै सर्बसाधारणलाई सास्ता ब्यहोर्नुपरेको भन्दै अध्यक्ष रावतले आफ्ना सदस्यहरुलाई याझ बिहानको छाक टार्न समस्या भएको भए बाणिज्य सघंको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ । सो अबसरमा पुर्ब अध्यक्ष बिमल रिजाल सहितको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *