> आर्थिक > प्यूठानमा कृषि एम्बुलेन्स सञ्चालन


प्यूठानमा कृषि एम्बुलेन्स सञ्चालन

प्यूठान, १३ बैशाख ।
जिल्लामा लकडाउनको समयमा कृषि उपज विक्रि गर्नका लागि कृषि एम्बुलेन्स सञ्चालनमा आएको छ । प्रदेशबाट अनुदान पाएका जिल्लाका तीन वटा पिक अप गाडीलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको हो ।

लकडाउनका कारण उत्पादन भएका कृषि उपज खेर जाने भएकाले पाँच नम्वर प्रदेशले कृषि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेपछि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सञ्चालनका लागि गिरिराज पौडेलेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

एम्बुलेन्स सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवैले राहत पाउने प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । एम्बुलेन्सले गाउँमा उत्पादित तरकारी संकलन गरि बजारमा विक्री वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!