> आर्थिक > सहकारी स्थापना दिवस : सहयोग हस्तान्तरण


सहकारी स्थापना दिवस : सहयोग हस्तान्तरण

प्यूठान, १९ वैशाख ।
फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड खैरा प्यूठानले २२ औं स्थापना दिवसको अवसरमा कोरोना नियन्त्रण तथा राहत कोषमा पचास हजार रकम हस्तान्तरण गरेको छ ।

संस्थाको कार्य क्षेत्रका चार वटा स्थानीय तह प्युठान नगरपालिकालाई २० हजार र मल्लरानी, माण्डवी, ऐरावती गाउँपालिकालाई १०–१० हजार कोरोना नियन्त्रण तथा राहत कोषका लागि स्थानीय सरकारलाई उपलब्ध गराएको हो ।

संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका स्थानीय तहहरु मध्ये सदस्य संख्या तथा स्थानीय तह भित्रका वडाको कार्य क्षेत्रलाई मध्यनजर गर्दै सहयोग रकम हस्तान्तरण गरिएको अध्यक्ष भोज बहादुर वस्नेतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!