> राष्ट्रिय > सप्ताहन्त : प्यूठानमा प्राप्त हुने संघीय विशेष र समपुरक अनुदानदेखि बित्तीय हस्तान्तरणसम्म


सप्ताहन्त : प्यूठानमा प्राप्त हुने संघीय विशेष र समपुरक अनुदानदेखि बित्तीय हस्तान्तरणसम्म

प्यूठान । प्यूठान समाचार डट कममा यस साता प्रकाशित मुख्य समाचारहरु हेर्न छुटाउनुभयो की ? १८–२३ जेठ २०८२ मा प्रकाशित यस्ता छन् यस साताका मुख्य–मुख्य खबरहरु :

 

(१) यस्ता छन् प्यूठानमा हुने संघीय विशेष र समपुरक अनुदान अन्तरगतका योजनहरु

राष्ट्रिय योजना आयोगले आ.व. २०८२/८३ का लागि विशेष र समपुरक अनुदान मार्फत प्रदेश सरकार र स्थानीय तहबाट कार्यान्वयन हुन छनौट गरिएका योजनाहरु सार्वजनिक गरेको छ ।

 

(२) लुम्बिनीलाई स्वर्गद्वारी, मल्लरानीहुँदै सुपादेउरालीसँग पर्यटन रुटको विकास गर्न माग

विश्व बौद्ध धर्मालम्बीहरुको एक मात्र आस्थाको केन्द्र लुम्बिनीलाई प्यूठानको स्वर्गद्वारी, मल्लरानीहुँदै अर्घाखाँचीको सुपादेउरालीसँग सांस्कृतिक पर्यटन रुटको रुपमा विकास गर्न माग गरिएकोे छ ।

 

(३) भिंगृ–स्वर्गद्वारी सडक – सडक सुरक्षा र कालोपत्रेले सुरक्षित छ

वर्षेनी हुने ठूला दुर्घटनाले झस्काई रहने प्यूठानको स्वर्गद्वारी जाने सडक सुरक्षित बन्दैछ । सडक पूर्वाधार बिकास कार्यालय र सडक डिभिजन कार्यालय प्यूठानले सडक सुरक्षा सम्वन्धी विभिन्न कार्यहरु गरेपछि सडक सुरक्षित बन्न थालेको हो ।

 

(४) अन्तरजातिय विवाह गर्ने जोडिलाई गौमुखी गाउँपालिकाको सम्मान

गौमुखी गाउँपालिकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ । पालिका भित्रका ७८ जोडिलाई एक कार्यक्रमका वीच सम्मान गरेको हो ।

 

(५) कृषि तथा पशुजन्य उत्पादनमा अनुदान पाउँदा मल्लरानीका किसान उत्साहित

पालिकाले तरकारीमा प्रति केजि १० रुपैंया, फुलफुलमा प्रति केजि १५ रुपैंया, मसलाजन्य उत्पादनमा प्रति केजि १५ रुपैंया, अण्डमा प्रति क्यारेट १५ रुपैंया, ध्यूमा प्रति केजि ५० रुपैंया, च्याउमा प्रति केजि ५० रुपैंया अनुदान उपलब्ध गराउँछ ।

 

(६) प्यूठानका स्थानीय तहमा साढे ३ अर्ब बजेट, कुन पालिकामा कति ?

आ.व. २०८२/०८३ का लागि जिल्लाका नौ स्थानीय तहमा गरी कुल साढे ३ अर्ब रुपैंया बजेट प्राप्त हुने भएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार संघीय सरकारबाट प्यूठानका स्थानीय तहमा बजेट प्राप्त हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *