> समाज > नौवहिनि गाउँपालिकामा निजामती सेवा दिवसको अवसरमा रक्तदान


नौवहिनि गाउँपालिकामा निजामती सेवा दिवसको अवसरमा रक्तदान

प्यूठान, २२ भाद्र । निजामती सेवा दिवसको अवसरमा नौवहिनि गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन गरेको छ ।

सोमवार स्वच्छ र सक्षम प्रशासन समृद्धि र शुसासन भन्ने नारा सहित १७ औँ निजमती सेवा दिवस गाउँपालिकाले विविध कार्यक्रम गरि मनाएको छ ।

दिवसको अवसरमा गाउँपालिका उपाध्यक्ष घन बहादुर बुढा, प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी सहित ११ जनाले रक्तदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले जानकारी दिनुभयो ।

साथै गाउँपालिका कार्यालय परिसरमा सरसफाईसँगै कर्मचारी स्तरिय ब्याड्मिन्टन प्रतियोगितासमेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *