> राष्ट्रिय > प्यूठानका स्थानीय तहमा साढे ३ अर्ब बजेट, कुन पालिकामा कति ?


प्यूठानका स्थानीय तहमा साढे ३ अर्ब बजेट, कुन पालिकामा कति ?

प्यूठान । आ.व. २०८२/०८३ का लागि जिल्लाका नौ स्थानीय तहमा गरी कुल साढे ३ अर्ब रुपैंया बजेट प्राप्त हुने भएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अनुसार संघीय सरकारबाट प्यूठानका स्थानीय तहमा बजेट प्राप्त हुने भएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा रहेका ९ पालिकाहरुमा कुल बजेट ३ अर्ब ५४ करोड ४१ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा २ खर्ब ९१ करोड २७ लाख चालु र ६३ करोड १४ लाख रुपैंया पुँजीगत रहेको छ । समानिकरण अनुदान ८७ करोड १८ लाख, सशर्त अनुदान २ खर्ब ४१ करोड ७९ लाख, विशेष अनुदान ११ करोड ९५ लाख र समपुर अनुदान १३ करोड ४९ लाख रुपैंया रहेको छ ।

 

कुन नगरपालिकामा कति बजेट ?
प्यूठान नगरपालिकामा चालु तर्फ ४३ करोड ६९ लाख र पुँजीगत तर्फ ८ करोड २५ लाख गरि ५१ करोड ९४ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान १२ करोड ३१ लाख, सशर्त अनुदान ३६ करोड ३८ लाख, विशेष अनुदान ८५ लाख र समपुरक अनुदान २ करोड ४० लाख रुपैंया रहेको छ ।

 

स्वर्गद्वारी नगरपालिकामा चालु तर्फ ३८ करोड ३६ लाख र पुँजीगत तर्फ १९ करोड ७ लाख गरि ५७ करोड ४३ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान १० करोड ९७ लाख, सशर्त अनुदान ४२ करोड ४० लाख, विशेष अनुदान २ करोड ७७ लाख र समपुरक अनुदान १ करोड २९ लाख रुपैंया रहेको छ ।

 

कुन गाउँपालिकामा कति बजेट ?
ऐरावती गाउँपालिकामा चालु तर्फ ३० करोड ६६ लाख र पुँजीगत तर्फ ३ करोड ३१ लाख गरि ३३ करोड ९७ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान ९ करोड ३३ लाख, सशर्त अनुदान २२ करोड ९ लाख, विशेष अनुदान ५० लाख र समपुरक अनुदान २ करोड ५ लाख रुपैंया रहेको छ ।

 

गौमुखी गाउँपालिकामा चालु तर्फ ३० करोड ६१ लाख र पुँजीगत तर्फ ५ करोड २७ लाख गरि ३५ करोड ८८ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान ९ करोड ५० लाख, सशर्त अनुदान २२ करोड ९६ लाख, विशेष अनुदान २ करोड ५१ लाख र समपुरक अनुदान ९१ लाख रुपैंया रहेको छ ।

 

झिमरुक गाउँपालिकामा चालु तर्फ ३५ करोड ४६ लाख र पुँजीगत तर्फ १० करोड ९ लाख गरि ४५ करोड ५५ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान १० करोड ८८ लाख, सशर्त अनुदान ३३ करोड ३ लाख, विशेष अनुदान १ करोड १२ लाख र समपुरक अनुदान १ करोड २२ लाख रुपैंया रहेको छ ।

 

नौबहिनी गाउँपालिकामा चालु तर्फ ३४ करोड ३९ लाख र पुँजीगत तर्फ ४ करोड ४० लाख गरि ३८ करोड ७९ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान १० करोड ८१ लाख, सशर्त अनुदान २४ करोड ८४ लाख, विशेष अनुदान १ करोड २७ लाख र समपुरक अनुदान १ करोड ८७ लाख रुपैंया रहेको छ ।

 

मल्लरानी गाउँपालिकामा चालु तर्फ २५ करोड ९४ लाख र पुँजीगत तर्फ ४ करोड ३९ लाख गरि ३० करोड ३३ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान ७ करोड ९१ लाख, सशर्त अनुदान २० करोड १० लाख, विशेष अनुदान १ करोड १२ लाख र समपुरक अनुदान १ करोड २० लाख रुपैंया रहेको छ ।

 

माण्डवी गाउँपालिकामा चालु तर्फ २३ करोड ८७ लाख र पुँजीगत तर्फ ३ करोड ४५ लाख गरि २७ करोड ३२ लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान ७ करोड ७४ लाख, सशर्त अनुदान १७ करोड ८४ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान १ करोड ५ लाख रुपैंया रहेको छ ।

 

सरुमारानी गाउँपालिकामा चालु तर्फ २८ करोड २९ लाख र पुँजीगत तर्फ ४ करोड ९१ लाख गरि ३३ करोड २० लाख रुपैंया बजेट प्राप्त हुने भएको छ । जसमा समानीकरण अनुदान ८ करोड ४३ लाख, सशर्त अनुदान २२ करोड १५ लाख, विशेष अनुदान १ करोड १२ लाख र समपुरक अनुदान १ करोड ५० लाख रुपैंया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *