प्यूठान । गौमुखी गाउँपालिकाले अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गरेको छ । पालिका भित्रका ७८ जोडिलाई एक कार्यक्रमका वीच सम्मान गरेको हो ।
जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर सम्मान गरेको हो । जेठ २१ गतेलाई जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
२०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा दिवस मनाउँदै आइएको छ ।
यसैवीच दिवसको अवसर पारेर राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
