> समाज > लुम्बिनीलाई स्वर्गद्वारी, मल्लरानीहुँदै सुपादेउरालीसँग पर्यटन रुटको विकास गर्न माग


लुम्बिनीलाई स्वर्गद्वारी, मल्लरानीहुँदै सुपादेउरालीसँग पर्यटन रुटको विकास गर्न माग

प्यूठान । विश्व बौद्ध धर्मालम्बीहरुको एक मात्र आस्थाको केन्द्र लुम्बिनीलाई प्यूठानको स्वर्गद्वारी, मल्लरानीहुँदै अर्घाखाँचीको सुपादेउरालीसँग सांस्कृतिक पर्यटन रुटको रुपमा विकास गर्न माग गरिएकोे छ ।

 

प्यूठान उद्योग उद्योग बाणिज्य संघले यस्तो पर्यटन रुटको विकासका लागि आवश्यक नीति तथा कार्यक्रम अख्तियार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय समक्ष माग गरेको हो ।

 

संघका अध्यक्ष सन्देश आचार्यले पर्यटन मन्त्री बद्री प्रसाद पाण्डे समक्ष ज्ञापन पत्र बुझाउनुभएको छ । विभिन्न कार्यक्रमको शिलशिलामा प्यूठान आउनुभएका मन्त्री समक्ष उहाँले ज्ञापन पत्र बुझाउनुभएको हो ।

 

विश्व बौद्ध धर्मालम्बी र हिन्दु धर्मालम्बीहरुको आस्थाको मुख्य धरोहरका रुपमा रहेका स्थानहरुको प्रवद्र्धन, प्रचार प्रसारका साथै पर्यटन विकासमा यस रुटले महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *