> राष्ट्रिय > एसईई परीक्षा दिएर फर्किएका परीक्षार्थीको दुर्घटनामा मृत्यु


एसईई परीक्षा दिएर फर्किएका परीक्षार्थीको दुर्घटनामा मृत्यु

प्युठान । एसईई परीक्षा दिएर फर्किएका एक परीक्षार्थीको दुर्घटनामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका- ४ गोठिबाङमा भएको दुर्घटना हुँदा बेल्बास माध्यामिक विद्यालय तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको हो ।

 

विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एसइइ परीक्षा दिएका विद्यार्थीलाई फर्काउदै गरेको लोक चेतना एकेडेमीको लु १ क १०९४ नम्बरको स्कुलबससंग लु ६६ प ५३४९ नम्बरको मोटरसाइकल ठोक्किएको स्थानीयले बताएका छन ।

मोटरसाइकलमा सवार गम्भीर घाइते भएका प्रतीक घर्तीको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय भिंगृले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *