प्यूठान १० भाद्र । प्यूठान नगरपालिका–३ जुम्रीबाट अवैध काठ बरामद भएको छ । डिभिजन वन कार्यालय प्युठानले आज दिउँसो ११७ क्युफिट अवैध काठ बरामद गरेको हो ।
सिसौ, आँप र सल्लाको चिरान काठ ५२.९५ क्युफिट र सल्लाको गोलिया काठ ६४.२० क्युफिट बरामद गरेको डिभिजन वन कार्यालय प्यूठानका रेञ्जर हरि पौडेलले जानकारी दिनुभयो । स्वर्गद्धारी फर्निचर उद्योगबाट उक्त काठ बरामद भएको उहाँले बताउनुभयो ।
केहि थान फर्निचर भित्र र केहि थान फर्निचर परिसरबाट काठ बरामद भएको रेञ्जर पौडेलले बताउनुभयो । बरामद गरिएको काठको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बरामद गरिएको काठ नियन्त्रणमा लिइएको छ ।
फोटो : गुगुलबाट
