प्यूठान । प्युठानका चार स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन् । ४२ औं मगर स्थापना दिवस मनाउन ४ स्थानीय तहले फागुन १५ गते सार्वजनिक विदा दिएका हुन ।
ऎरावती, सरुमारानी, नौबहिनी र गौमुखी गाउँपालिकाले फागुन १५ गते मगर स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएका हुन् ।
स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन्। स्थानीय तह अन्तर्गतका सबै सरकारी निकाय बन्द हुनेछ्न ।















