> स्थानीय सरकार > बाहिरबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण


बाहिरबाट आएकाहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण

प्यूठान, २१ चैत्र ।
कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भारत तथा तेश्रो मुलकबाट आएका व्यक्तिहरुको आधारभुत स्वास्थ्य परीक्षण गरिएको छ । माण्डवी गाउँपालिकाले उनीहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको हो ।

स्वास्थ्यकर्मी परिचालन गरी भारत तथा तेश्रो मुलकबाट आएका ६८८ जनाकै स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिनुभयो । कसैमा पनि कोरोना भाईरस (कोभिड १९)को लक्षण नदेखिएको उहाँले बताउनुभयो ।
‘उनीहरुको ज्वरो, रुघाखोकी जाँच गरिएको हो ।’, प्रमुख पोख्रेलले भन्नुभयो ।

तेश्रो मुलुकबाट आएका एक युवामा कोरोना संक्रमणको लक्षण नदेखिए पनि सुगर, जन्डिस पनि परिक्षण गरिएको छ ।

माण्डवी गाउँपालिकाको वडा नं. १ मा ११२ जना, वडा नं. २ मा २८८ जना, वडा नं. ३ मा १७९ जना, वडा नं. ४ मा २५० जना र वडा नं. ५ मा १७ जना भारत तथा तेश्रो मुलकबाट आएकाहरुको तथ्यांक छ । गाँउपालिकाका अनुसार उनीहरु चैत्र ४ गते र त्यसपछिको समयमा आएका हुन् ।

स्वास्थ्य परीक्षण गरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!