> समाज > सामाजिक कार्यमा सक्रिय ‘वि आर वन रोयल प्यूठान’


सामाजिक कार्यमा सक्रिय ‘वि आर वन रोयल प्यूठान’

प्यूठान, ८ चैत्र । केहि समय यता सामाजिक संजालमार्फत  ‘We Are One Royal Pyuthan’  ग्रुप सामाजिक कार्यमा सक्रिय हुदै आएको छ । आर्थिक अवस्था कमजोर भएका परिवार तथा स्वास्थ्य उपचारमा आर्थिक भएकाहरुलाई सामाजिक संजालमार्फत रकम संकलन गरि हस्तान्तरण गर्दै आएको छ ।

अर्घाखाची जिल्ला शितगंगा नगरपालिकाका किड्नीमा समस्या भएका अम्मर नेपालीको उपचारका लागि आइतवार ७ हजार रुपैयाँ सहयोग गरिएको शिव वस्नेतले जानकारी दिनुभयो । उपचारमा आर्थिक अभाव भएको भन्ने थाहा पाएपछि ग्रुपमा सहयोग संकलन अभियान सूरु गरिएको बस्नेतले बताउनुभयोे । ग्रुपले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

 

समस्या आएको कारण उहाँको किड्नी प्रत्यारोपण गर्नुपर्ने अस्पतालले जनाएको छ । किड्नी प्रत्यारोपणको लागी नेपालीको आमाले किड्नी आफ्नो किड्नी दिने निणर्य गर्नुभएको छ । तर घरको आर्थिक स्थिति कमजोर भएको कारणले किड्नी प्रत्यारोपण गर्न समस्या परेपछि सहयोग गर्न आव्हान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *