> राष्ट्रिय > फागुन १५ गते : प्यूठानका ४ स्थानीय तहमा सार्बजनिक बिदा


फागुन १५ गते : प्यूठानका ४ स्थानीय तहमा सार्बजनिक बिदा

प्यूठान । प्युठानका चार स्थानीय तहले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन् । ४२ औं मगर स्थापना दिवस मनाउन ४ स्थानीय तहले फागुन १५ गते सार्वजनिक विदा दिएका हुन ।

 

 

ऎरावती, सरुमारानी, नौबहिनी र गौमुखी गाउँपालिकाले फागुन १५ गते मगर स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिएका हुन् ।

 

 

स्थानीय तहले कार्यपालिका बैठकबाट निर्णय गर्दैै स्थानीय विदा दिएका छन्। स्थानीय तह अन्तर्गतका सबै सरकारी निकाय बन्द हुनेछ्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *