> Banner > प्यूठानमा ८ महिनाको अवधिमा ४३ महिला हिंसाका घटना दर्ता


प्यूठानमा ८ महिनाको अवधिमा ४३ महिला हिंसाका घटना दर्ता

प्यूठान, २४ फागुन । प्यूठानमा चालु आर्थिक वर्षमा ४३ वटा महिला हिंसाका घटना दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार साउनदेखि हालसम्म ४३ महिला हिंसाका घटना दर्ता भएका छन् । जसमा बहुबिवाह, जवरजस्ति करणी, जवरजस्ति करणी उद्योग, घरेलु हिंसा लगायत रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनुभयो । दर्ता भएका घटनामध्ये जवरजस्ति करणीका मुद्धा धेरै रहेका छन् ।

 

इज्जत जाने डर तथा अन्य दवावले पनि कतिपय महिला हिंसाका घटना सार्वजनिक नहुने गरेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा ७३ वटा महिला हिंसाको घटना दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *