साहित्य सृजना

नो मोर च्यालेन्ज प्लिज !

संगिता सुवेदी

घर बाहिर कोभिडको च्यालेन्ज

घर भित्र भुकम्पको च्यालेन्ज

केही दिनदेखि झरिको च्यालेन्ज

तराइमा बाढीको च्यालेन्ज

पहाडमा पहिरोको च्यालेन्ज

जागिरे जिन्दगी

घरको यादहरुको च्यालेन्ज

येसो मन बहलाउन सामाजिक सन्जाल हेर्दा

अनेकौ बहानामा च्यालेन्ज

कपल च्यालेन्ज ,सिङल च्यालेन्ज…….च्यालेन्ज

हरे,

सद्द्गुरुको 21 Days च्यालेन्ज

BK Shiwani को 24hrs च्यालेन्ज

अत्ति भो,

अनि मैले मेरा साथीहरुलाइ म्यासेज गरे

लौ त साथी हो !!!

मेरो पनि ओपन च्यालेन्ज

दुई दिन नेट अफ गरेर बसौं न त !!

तुरुन्त सबैको रिप्लाई आयो !!

नो मोर च्यालेन्ज प्लिज

Related Articles

Back to top button