प्यूठान । एक महिनाकी छोरीको उपचार गराउन घरबाट हिडेकी आमा मृत्त अवस्थामा फेला परेकी छ्न । झिमरुक गाउँपालिका-२ गडेरपानीकी २६ वर्षिय बेदना थापा झिमरुक गाउँपालिका-५ ढाड स्थित झिमरुक नदिमा मृत्त फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे १० बजे ढाडका एक स्थानीयलाई बच्चा छोपिदिन भनी उनी सम्पर्क बिहिन भएकी थिइन । इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरी टोलिले खोजतलासको क्रममा मृत्त अवस्थामा फेला पारेको हो ।
छोरीको उपचार गराउन बुटवल जाने भन्दै घरबाट हिडेको पारिवारीक श्रोतलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको प्रहरी टोलिले घटनाको थप अनुसन्धान गरिरहेको छ ।






