प्यूठान । प्यूठानको माडी खोलामा तीन र लुङ्ग्री खोलामा एउटा पहिचान नखुलेको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिकामा–९ जुडापाटा, वडा नं. ३ किमिचौर र वडा नं. ४ गोडिवाङमा शव फेला परेको हो ।
जुडापाटामा अन्दाजी १२/१३ वर्षको बालक, किमिचौरमा कम्मर भन्दा माथिको भाग मात्र रहेको पुरुष र गोठिवाङमा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै स्वर्गद्वारी नगरपालिका–५ सरोजा स्थित लुङ्ग्री खोला किनारमा टाउकोको खप्पर नभएको र बाँया खुट्टाको घुँडादेखि तल नभएको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।
सांकेतिक तस्विर : एआई





