समाज

जन्मदिनको अवसरमा दुई विद्यार्थीलाई कक्षा १० सम्म शैक्षिक सहयोग गर्ने घोषणा

प्यूठान । आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै प्यूठान नगरपालिका–७ पुण्यखोलाका युवा समाजसेवी विशेक थापाले दुई विद्यार्थीको शिक्षामा दीर्घकालीन सहयोग गर्ने घोषणा गरेका छन् ।

थापाले आफ्नो जन्मदिनको अवसरमा प्यूठान नगरपालिका–७ स्थित श्री क्षेत्र विकास माध्यमिक विद्यालय, पुण्यखोलामा अध्ययनरत दुई विद्यार्थीलाई कक्षा १० सम्म आवश्यक शैक्षिक खर्च व्यहोर्ने घोषणा गरेको बिद्यालयले जनाएको छ ।

उहाँका अनुसार विद्यालयको कक्षा ५ मा अध्ययनरत प्यूठान नगरपालिका–४, सुनारटोल, बिजुवार निवासी रमिता सुनार र कक्षा ३ मा अध्ययनरत लिपिकोट निवासी आहान सुनारलाई कक्षा १० सम्म अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री, विद्यालय पोशाक, परीक्षा शुल्क, ट्युसन शुल्क लगायतका शैक्षिक खर्चमा सहयोग गरिनेछ ।

थापाले आफ्नो जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सिमित नगरी आर्थिक रूपमा आवश्यकतामा रहेका विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले यस्तो घोषणा गरेको बताउनुभयो । उहाँको यो पहलले विद्यार्थीको शिक्षालाई निरन्तरता दिन सहयोग पुग्नुका साथै समाजमा शिक्षा क्षेत्रमा सहयोग गर्ने संस्कारको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आफ्नो शैक्षिक यात्रा शुरुवात गरेको बिद्यालयमा यस्तो सहयोगको घोषण गरेको थापाले बताउनुभयो ।

जन्मदिनको अवसरमा गरिएको उक्त घोषणालाई सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ । शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले अन्य व्यक्ति तथा समाजसेवीलाई समेत विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीको शिक्षामा सहयोग गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

Related Articles

Back to top button